निजगढ,निजगढ नगरपालिका– ३ को गुम्बा मेलामा कन्सर्ट हेर्न सर्वसाधारणले ३ सयदेखि एक हजारसम्मको टिकट खरिद गर्नुपर्ने भएको छ ।मेलामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुती दिने भएकोले टिकटको शुल्क मंहगो भएको आयोजकले जनाएको छ ।

दर्शकहरुले कलाकारअनुसार प्रस्तुति हेर्न एक रातको ३ सय, ५ सय र एक हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु)ले जानकारी दिनुभयो ।मेलमा सोमवार चर्चित ¥यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा) ले संयुक्त प्रस्तुति दिएका थिए । सोमवारको प्रस्तुतीमा सर्वसाधारणको लागि ३ सय र भिआईपीको लागि १ हजार दरको टिकटको व्यवस्था गरिएको थियो ।

त्यसैगरी मंगलवार लोकप्रिय गायक दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्डको प्रस्तुति हेर्न पनि दर्शकले सोही दरको टिकट लिनुपर्ने छ । बुधवार हुने गायक कुमा सागरको विशेष प्रस्तुतिको लागि भने ५ सय र भिआइपीहरुको लागि १ हजार दरको टिकटको व्यवस्था गरिएको अध्यक्ष जिम्बाको भनाई छ ।भिआईपी टिकट खरिद गर्नेहरुका लागि स्टेज नजिकै बस्ने विशेष सुविधा उपलब्ध गराइएको छ । तर, यसको संख्या सीमित भएकाले हाल एक दिनमा एक सय जना दर्शकलाई मात्र यो टिकट उपलब्ध हुने आयोजकले जनाएको छ ।

मेला संचालनको लागि यस वर्ष कतैबाट चन्दा र अन्य कुनै सहयोग संकलन नगरिएकाले खर्च व्यवस्थापनको सांस्कृतिक कार्यक्रम हेर्न टिकटको प्रबन्ध गरिएको समितिले जनाएको छ ।मेलाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आइतवार उद्धाटन गर्नुभएको थियो । उद्धाटनमा पथलैयाको ‘पनाम’ टोलीले प्रस्तुति दिएको थियो ।हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा गुम्बामा तामाङ्ग समुदायले आफ्ना पितृ उद्धारको लागि बत्ति बाल्ने र सोही अवसरमा ५ दिनसम्म मेला लगाउने गरिएको छ ।

Leave a Reply