नेपालमा बनेका राजमार्गहरु वास्तवमा जसले जे भनेपनि पञ्चायत कालमा नै बनेका हुन् । राजा महेन्द्रले बनाइदिएको बाटोमा अहिले देश गणतन्त्रमा रहेपनि यसैमा हिड्ने काम सबैले गरिरहेकै छन् । यो बाटोहरुको सामान्य स्तर उन्नती भन्दा बाहेक कयौं स्थानमा बिस्तार समेत हुन सकेको छैन । यो गणतन्त्रका लागि र गणतन्त्रको नेतृत्व गरिसकेका र गरिरहेका दलहरुको बेइज्यत हो ।अब कुरा गरौं, बाराको राजमार्गको । पथलैयादेखि छिमेकी जिल्ला रौतहटसम्मकै कुरा गर्ने हो भनेपनि बाटो एकदम साँघुरो छ । बाटोको अधिकांश भाग जंगलमा रहेपनि बाटो चौडा गर्ने आंट कसैले गरेको छैन । अनि यही सडकमा रहेका पुलहरुको अवस्थाको बिषयमा कुरा गर्ने हो भने त कन्तबिजोग नै छ ।यही ठाउमा रहेको दूधौरा पुलको कुरा गर्ने हो भने त ठेक्का लागेको लामो समय हुदा समेत कामले गति लिन सकेको छैन । त्यो पुल बन्न नसक्दा सवारी साधनहरु र यात्रुहरुलाई निकै सास्ती भइरहेको छ । यो बिषयमा कसैलाई चासो भएको देखिदैन । न त संघीय सरकारलाई मतलभ नत स्थानीय सरकारलाई नै । अनि पञ्चायतकालको सकडमा हिड्नेहरुलाई कम्तिमा लाज त लाग्नुपर्ने हो ।

Leave a Reply