वीरगञ्ज –  प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका १८ जना कैदी छुटेका हुन् ।  १९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको कट्टी भएको कारागार प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । 

 

 

 

 

 

 

अंगभंग मुद्वाका ६ जना, वन पैदावारका ४ जना, ज्यान मार्ने उद्योग, हातहतियार, सवारी ज्यान मुद्दाका २/२ जना, किर्ते, कुटपिट अंगभंगका १र१ जना कैदी रिहा भएका हुन् । बाराको प्रसौनी गाउंपालिकाका प्रमुख भोला गुप्ता र उप प्रमुखसमेत कैद कट्टी भई छुटेका कैदी बुझ्न आएका थिए । गाउंपालिकाका ६ जना बन्दी छुटेकोले बुझ्न आएका हुन् ।

 

 

 

 

 

उनीहरुले कारागारको कम्पाउण्ड मर्मत सम्भारका लागि पालिकाको तर्फबाट ३० बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिबद्वता समेत जनाएर गएको कारागार कार्यालयले जनाएको छ । अनलाइनखबर

Leave a Reply