अख्तियार दुरुपयोग अनुसंधान आयोगले नेपालको इतिहाँसमा नै लगभग पहिलो पटक पूर्व प्रधानमन्त्रीलाई भ्रष्टचारको आरोप लगाएको छ । करिब प्रन्ध बर्ष अगाडि यो देशको कार्यकारी पदमा पुगेका माधव कुमार नेपाल बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । बिहीबार नेपाल बिरुद्ध मुद्दा दर्ता भएसंग बिभिन्न टिकाटिप्पणी पनि भइरहेका छन् । तत्कालिन समयमा एमालेको  महासचिव समेत रहेका नेपालले भ्रष्टचार गरे नगरेको कुरा त पछि प्रर्माणित होला तर केही न केही पक्कै भएको छ ।
केही न केही त पक्कै भएको छ । केही नै नभए त अख्तियारले पनि किन मुद्दा दर्ता गर्दथ्यो होला र ? तर अख्तियारले फेरि कत्तिको हिम्मत गर्छ भन्ने कुरा चैं महत्वपूर्ण देखिन्छ । यहाँ दुईवटा कुरा छ,एक अख्तियारले पूवाग्रह राखेको होकि होइन र अर्को सबै पूर्व प्रधानमन्त्रीलाई यसरी नै मुद्दा दर्ता गर्न ऊ चाहन्छ कि चाहदैन भन्ने कुरा हो । आवश्यक परे बाहालवला प्रधानमन्त्रीकै सवालमा पनि मुद्दा दर्ता गर्ने हिम्मत अख्तियारले गर्नु पर्दछ ।
जसले जे सुकै भनेपनि नेपालका पूर्व प्रधानमन्त्रीहरु कोही पनि यो आरोपबाट अछुतो छैनन् । लोकतन्त्र स्थापनापछि नै प्रधानमन्त्री भएकाहरु नै भ्रष्टचारमा संलग्न रहेको आरोप लाग्दै आइरहेको छ । सबैको निश्पक्ष छानबिन हुनुपर्दछ । वास्तवमा अनि जो भएपनि छानबिन हुनुपर्दछ । अख्तियारले यो हिम्मत गर्नु पर्दछ अनि मात्र यसको निश्पक्षतामा पनि प्रश्न उठ्दैछ र नागरिकहरुले पनि बिश्वास गर्नेछन् नत्र राजनीतित्र अस्त्रको रुपमा अख्तियार चल्ने हो भने फेरि भ्रष्टचारको जालो झनै फैलने निश्चित छ ।

Leave a Reply