राजन कुमार बानिया

पोखरिया,पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा सडक अतिक्रमण हटाउने अभियान सुरु भएको छ ।

अतिक्रमण हटाएर सडक फराकिलो पार्ने अभियान अन्तर्गत गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ता र वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु चौरसियाले आफै डोजर लिएर सडकमा उत्रिनुभएको हो ।

गाउँपालिकाले मुख्य सडक २६ फिट कायम गरेर अतिक्रमण खाली गराउन यसअघि गरेको सूचनाअनुसार सडक सीमाभित्र पर्ने घरटहरा र अन्य भौतिक संरचना डोजर लगाएर भत्काउन थालिएको छ ।

सडक अतिक्रमण हटाउन गाउँपालिकाले यसअघि २ पटक ३० दिने सूचना सार्वजनिक गरेको तर अटेर गरी संरचना नहटाएपछि डोजर प्रयोग गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । गाउँका मुख्य सडकहरु फराकिलो बनाउनको लागि सुरु भएको अभियान आगामी दिनमा पनि जारी रहने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply