पुष्पराज खतिवडा
मन्हर्वा – कलैया उपमहानगरपालिका २४ श्रीपुर निवासी ३३ बर्षिय मृगौला पिडित शिव विहारी रामको आर्थीक अभावले उपचारमा समस्या भएको छ । उनको दुबै मृगौलाले काम गर्न छाडेको करिब एकबर्ष भयो । मृगौला उपचारमा लाखौं खर्च भएको रामले बताए ।
विपन्न परिवारका राम विवाह, मेला महोत्सवमा नाचगान टोलीमा काम गरी गुजारा चलाउँदै आएका थिए । गएको बर्ष अकास्मात विरामी परे । लगातार ज्वरो आयो । उपचारका लागि सदरमुका स्थीत अस्पताल गए । अस्पतालले टाईफाई भएको भन्दै सुई लगाएर पठायो । सुई लागाएर अस्पतालबाट निस्केर आउँदै गर्दा बाटामै ढले । देख्ने जान्नेले उनलाई विरगजं लगिदिए । विरगजं केयर अस्पतालमा उपचारका क्रममा ३ दिनपछी उनको होस आयो । उनी होसमा आएपछी थाहा पाए । आफ्ना दुबै मृगौलाले काम गर्न छाडी सकेका रहेछन् ।
त्यसपछीका दिन उपचारकै लागि विभिन्न प्राईभेट र सरकारी अस्पताल धाउँदा उनको मोटो रकम खर्च भैसकेको छ । आर्थीक रुपमा विपन्न रामका आफन्त र नातेदारले दिएको कर्जा सापटीमा हाल सम्मको उपचार चलिरहेको आमा मन्जु देवीले बताईन् । अव भने आफन्त र नातेदारले पत्याउन छाडे । अवस्था दिनदिनै विग्रँदो छ उनले सुनाईन् ।
७ र १२ बर्षका दुई छोरा, ९ बर्षिया एक छोरी र श्रीमती छन् पिडित रामका । उनीहरुको लालनपालनमा जुट्नु पर्ने राम आज आफ्नै ज्यानको भिख मागि रहेका छन् । बेचौं केही छैन । कमाउन सक्ने अवस्था छैन । हप्तामा दुई पटक डायलासिस महिनामा ४ पटक रगत सन्तुलनमा राख्ने सुई र २ पोका रगत जरुरी पर्ने गरेको छ । मासिक २० हजार खर्च हुँदै आए आएको मन्जु देवीले बताईन् । अन्यत्र कतैबाट सहयोग पाएका छैनौं ,उनले सुनाईन् ।
हालसम्म ८ लाखबढी खर्च भईसक्यो । अव पैसा निकाल्ने कुनै ठाउँ छैन । मर्नु बाहेक अर्को विकल्प छैन । मेरा साना बच्चाहरुका लागि भए पनी मलाई बाचाई दिनुस् पिडित रामले विलौना गरे । उनलाई उपचारका आर्थीक सहयोग संकलनका लागि आमा मन्जु देवीको नाममा कलैया स्थीत राष्ट्रिय बाणिज्य बैंकमा रहेको बचत खाता खोलिएको छ । मानविय सेवाका लागि सहयोग गर्न चाहनेहरुले खाता नं.१२६००२४७५६१०मा रकम जम्मा गरी गरिदिनु हुन हात जोडेर राम परिवारले अनुरोध गरेका छन् ।
सामाजिक रुपमा गाउँघरबाट समेत शिवविहारी रामको उपचारका लागि आर्थीक संकलन सुरु गरिने भएको छ । स्थानिय रसुलाजम अंसारीको अगुवाई विशविहारी बचाउ अभियान सुरुगरिएको स्थानियले बताएका छन् ।