नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) तेश्रो पटक नेपालको कार्यकारी पदमा सोमवार सपथ लिएका छन् । उनीसंगै केही नयाँ र केही पहिला मन्त्री भएकाहरुले पनि पुनः मन्त्री पदका लागि सपथ लिएका छन् । प्रचण्ड नेपालमा संचालित सशस्त्र बिद्रोहका कमाण्डर हुन् र उनी तेश्रो पटक प्रधानमन्त्रीमा चयन भइरहदा केही आशंका सहित धेरै आशा पनि गरिएको छ ।परिवर्तनको संवाहक भएका नाताले प्रचण्डसंग नेपाली जनताले आश गर्नु पनि स्वभाविक नै हो । हुनत प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवा नै दोहोरिन चाहेका थिए तर उनलाई माओवादीले नै दोहोरिन दिएन भनौं । प्रचण्ड सहितका मन्त्रीहरुले सोमवार राष्ट्रपति समक्ष पदको सपथ लिएका छन् । उनीहरुले देश र जनताका लागि काम गर्ने कसम खाएका छन् ।यो पहिलो र नौलो कुरा होइन । यो पदमा जाने जो कोहीले पनि यसरी नै सपथ लिने गर्दछन् तर कसम एकातिर काम अर्कोतिर गर्ने परम्परा नेपालका हाबी छ । सपथ लिएकै भोलिपल्टदेखि जनबिरोधी हर्कतहरु शासकहरुले गर्ने गरेका छन् । त्यसैले पनि खाएको कसम प्रचण्ड सहितका मंत्रीहरुले ब्यवहारमा उतार्न सकुन् भन्ने नै आम जनताको अपेक्षा र चाहना हो ।

Leave a Reply