हुनत नेपालमा कुनै राम्रो काम हुन थाल्यो भने राम्रो कामको असफल त बनाइन्छ नै साथमा राम्रो काम गर्ने सोच बनाएकाहरुलाई पनि सिध्याउने खेल हुन्छ । नेपालको इतिहाँसले यही कुराहरु बताउने गर्दछन् । हुनत राम्रो काम आफैमा प्रसंशीय पनि हुन्छ । पछिल्लो पटक बुधबार एकाएक बालुवाटार प्रकरणको कुरा आएको छ । बालुवाटार जग्गा प्रकरणले सबैको मन एक पटक झस्काइदिएको छ ।
पहिला काँग्रेस रहेका पछि फोरम भएका र फेरि काँग्रेसमा नै लागेका बिजय कुमार गच्छदार सहितका केही ब्यक्तिहरु यो प्रकरणमा मुछिएका छन् । देशका कथित ठूला भनिएका ब्यक्तिहरु यो जग्गा प्रकरणमा मुछिएपछि धेरै शंका आशंकाहरु उत्पन्न भएका छन् । वास्तवमा ठूलाबाट नै नियम कानुनको उल्लंघन हुँदो रहिछ भन्ने कुरा पनि पुष्टी भएको छ ।
सार्वजनिक सम्पत्तिमा आँखा लगाउनेहरुलाई सरकारले कारवाही गर्ने अधिकार संबिधानमा नै उल्लेख छ । संबिधानमा उल्लेख भएकाहरुलाई कार्यान्वयन गर्नका लागि सरकारले खुट्टा कमाउनु हुन्न । ठूला भएपनि जो सुकै भएपनि कारवाहीका लागि सरकारले चासो दिनु पर्दछ । अनि मात्रै जग्ग प्रकरणमा संलग्नहरुलाई कारवाही गरेको ठहरिनेछ ।