वीरगन्ज,पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय शसीधर कृष्ण आधारभूत विद्यालयको प्राङ्गणमा २ दिने स्वास्थ्य शिवीर बुधवार सम्पन्न भएको छ ।आँखा, कान र नाकको परीक्षण गरिएको शिवीरमा ३ वर्षका बालकदेखि १४ वर्षसम्मका किशोर किशोरीसमेत गरी १०६४ जना बालबालिकाहरूको चेकजाँच गरिएको थियो । परीक्षणमा ३ जनामा मोतियाबिन्दु फेला परेको थियो ।त्यसैगरी १२ जनालाई निशुल्क वितरण गरिएको छ भने १० जनामा कानको शल्यक्रिया गर्नुपर्ने र ६ जनामां सुनाई कम हुने समस्या देखिएको थियो । त्यस्तै ४ जनाको घाँटीको शल्यक्रियां गर्नुपर्ने, १ जनामां घाँटीको क्यान्सरको संभावना देखिएको र १ जना मा नाकको क्यान्सरको समस्या देखिएको शिवीरका चिकित्सक प्रशान्त पौडेलले जानकारी दिनुभयो ।पोखरिया नगरपालिकाको आयोजना तथा विपी नेत्र प्रतिष्ठान काठमांडौं भक्तपुरको सहकार्यमा शिवीर सम्पन भएको हो । शिवीरको उद्घाटन पोखरिया नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद गिरीले गर्नुभएको थियो भने शिवीरमा नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पोखरियाका सभापति भगवानप्रसाद कुर्मी, नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय झालगायतका व्यक्तिहरुको सहभागिता रहेको स्थानीय पत्रकार शैलेश गुप्ताले जानकारी दिनुभएको छ ।
















