दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बारागढी गाउँपालिका वडा नम्बर २ मा रहेको श्री नथुनी आधारभूत विद्यालय दैरवामा युनिसेफ नेपालको सहकार्यमा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमलाइ दिगो तथा प्रगाढ बनाउनको लागि खानेपानी सुरक्षा योजना, खानेपानी गुणस्तर र सुरक्षित खानेपानी समुदाय घोषणाका लागि उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको लागि आयोजना गरिएको २ दिने तालिम सम्पन्न भएको छ ।तालिममा सहभागी उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरूलाई बिरेन्द्रप्रसाद पण्डित र बिनोदप्रसाद रामले प्रशिक्षण दिनुभएको थियो । २० जनाको सहभागिता रहेकोे तालिममा वरिष्ठ प्रज्वलक उमेशप्रसाद चौधरी, सामुदायिक प्राविधिक धर्मनारायण चौधरी र स्थानीय सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply