आर.के.चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बुधवार सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।‘खाद्यान चाहिन्छ, सुर्तीजन्य पदार्थ होईन’ भन्ने नाराका गाउँपालिका वडा २ को स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न भएको हो ।बिश्व स्वास्थ्य सङ्गठनका अनुसार बिश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । मृतकमध्य ७० लाखभन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थको प्रत्यक्ष प्रयोगका कारणले हुने गरेको बताइएको छ । सुर्तीजन्य पदार्थ सेवनले क्यान्सर, श्वासप्रश्वास, क्षयरोग जस्ता रोग हुने गरेको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले कार्यक्रममा बताउनुभएको छ ।कार्यक्रममा गाउँपालिका अन्तर्गगत पर्ने विद्यालयका विद्यार्थी, स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, सन्चारकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।


















