वीरगन्ज, पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर पचगावाँबाट पाँचकिलो चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नम्बर नखुलेको भारतीय नम्बरको मोटरसाइकलमा लिएर गईरहेको ५ किलो प्रतिबन्धित लागू औषध चरेस सहित पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटाङ्गा बस्ने भिम यादव र धनश्याम यादवलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा मकवानपुरमा उत्पादीत प्रतिबन्धित लागुऔषध गाँजा र चरेसको कारोबारमा ब्यापक वृद्धि भएको छ ।

मकवानपुरको हेटौंडा, अमलेखगञ्ज, सिमरा, जितपुर भएर चल्ने यात्रुबस, मालवाहक गाडी र अन्य सवारी साधनको प्रयोगगरि लुकाईछिपाई ल्याईएको गाँजा र चरेस बाराको जितपुर सिमरामा भन्डारण गरि पर्साको जनता सडक भएर पर्सागढीको हरपुर, एकटाङ्गा, बडेर्वा, मनवा, सखुवा प्रसौनी गाउँ पालीकाको दोहरी, खजुरिया, सथवल, सिरही, सखवनिया, पटेर्वासुगौली गाउँपालिकाको रंगपुर, सोनबर्षा, बैरिया, कन्चनपुर, गदियानी, मलाहीटोल देकुली, पटेर्वा, उतरसुगौली र देवरिया मोडटोलामा गाँजा चरेसको कारोबार फस्टाएको स्थानीयले बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा चासो नदिएको भन्दै लागूऔषधको कारोबार वृद्धि हुनु सुरक्षाकर्मीकै मिलोमतो हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

Leave a Reply