वीरगन्ज,पर्सा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।कुसलले मंगलबार मध्‍यराति श्रीमती ३० वर्षीया रिंकु कुमारीलाई करेन्ट लगाएर मारेको र पछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्‍ने गाडीले कुल्चिएर शिवम ह्याचरीभित्र लुकाएको प्रहरीको आरोप छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply