कलैया, २० साउन– बाराको कलैया अस्पतालमा सरसफाईको काम गर्ने २ सहित अस्पतालका ४ जनामा सोमबार कोरोना पोजेटिभ देखिएको छ ।

अस्पतालको पोस्टमार्टम कक्षमा सरसफाइ गर्ने २ महिला, अस्पतालले सञ्चालन गरेको औषधि पसलका अर्का एक पुरुष फार्मेसी सहायक र स्वीपरको छोरामासमेत कोरोना पुष्टि भएको कलैया अस्पतालका डा. वीरेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो ।

सरसफाइ गर्ने कर्मचारीमा शंका लागेपछि स्वाब संकलन गर्दा कोरोना पुष्टि भएको डाक्टर मण्डलले बताउनुभयो । कर्मचारीमा कोरोना देखिएपछि सोमबार साँझबाट अस्पतालमा प्रसूतिबाहेकका अन्य सेवा बन्द गरिएको छ ।

उनीहरुसंगै सोमबार बारामा ८ जनामा कोरोना पुष्टि भएको कोभिड १९ जिल्ला फोकल पर्सन शंकरप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply