सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालयमा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा अरुण साहले जिम्मेवारी सम्हालेपछि स्थानीयलाई नेपाली नागरिकताको प्रमाण पत्र लिन कलैया जानुपर्ने समस्या हल भएको छ ।सिम्रौनगढ ईलाका प्रशासन कार्यालयमा साहले जिम्मेवारी सम्हालेपछि सिम्रौनगढ र पचरौता नगरपालिका र आदर्शकोतवाल गाउँपालिकाका स्थानीय बासिन्दालाई नागरिकताको प्रमाण पत्र लिन सजिलो भएको हो ।

नागरिकता बनाउने क्रममा कार्यालयमा भेटिएका सिम्रौनगढ नगरपालिका ७ जानकी नगर निवासी शान्ति देबीले ईलाका प्रशासन कार्यालयमा नागरिकता लिन कुनै किसिमको झन्झट सामना गर्नुनपरेको बताउनुभएको छ ।नायब सुब्बा अरुण साहले कार्यालयबाट दैनिक २० देखि ४० जनालाई नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि वितरण गरिहेको जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयमा अधिकृत नभएपछि जिल्ला प्रशासन कार्यलय बारा कलैयामार्फत हप्ताको तिन दिन अति आवश्यक कार्यको लागि सेवा प्रदान गर्ने कार्य हुदैआएको छ । साथै भिडभाड भएको समयमा पाँच दिनसम्म पनि कार्यालयबाट सेवा सुचारु गरिने गरिएको नायबसुब्बा साहले जानकारी दिनुभयो । कार्यालयमा प्रमुख अधिकृत बिहिन भएपछि विगत ६ महिनादेखि नागरिकताको प्रमाण पत्र वितरण गर्ने कार्य विगत ६ महिनादेखि अवरुद्ध हुदैआएको थियो । जसका कारण स्थानीयले सेवा प्राप्त गर्ने क्रममा सास्ति खेप्नुपरेको थियो ।

Leave a Reply