आरके चौधरी
सखुवापर्सौनी,प्रहरीले पर्सागढी नगरपालिकाको वडा नम्बर १ कोईलाभार टोलबाट सात थान सालको गोलिया काठ बरामद गरेको छ ।बिशेष सुराकीको अधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक राजाराम केसरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ंमंगलवार साझ ५.३० बजे परालमा लुकाई राखेको अवस्थामा सो काठ बरामद गरेको हो ।
गाउँ नजिकको वन जङ्गलबाट चोरी कटानी गरी ल्याएको र लुकाएर राखेको अवस्थामा सो काठ बरामद भएको हो । बरामद काठ थप कारबाहीको लागि वन कार्यालयमा बुझाएको प्रहरी निरीक्षक केसरीले जनाउनु भएको छ ।

Leave a Reply