वीरगन्ज,वीरगन्ज महानगरपालिकाले बुधबार नारायणी अस्पताललाई ३ थान भेन्टीलेटर सहयोग गरेको छ । स्थानीय साझेदारी पूर्वाधार बिकास कार्यक्रममार्फत वीरगन्ज महमानगरपालिकाको सहयोगमा खरिद गरिएको तीन थान भेन्टीलेभर बुधबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीले नारायणी अस्पताल बिकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई ३ थान भेन्टीलेटर हस्तान्तरण गर्नुभएको हो ।
नारायणी अस्पताल बिकास समितिका अध्यक्ष लाभले कोरोनाको कोरोना महामारीका बेला वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको भेन्टीलेटर बिरामीहरुका लागि बरदान साबित हुने बताउनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले स्थानीय सरकार, नागरिकको जीवन बचाउनका लागि जस्तोसुकै चुनौतिको पनि सामना गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नारायणी अस्पतालका डाक्टरहरु नीरज सिंह, उदय नारायण सिंह, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, सामाजिक बिकास महाशाखाका प्रमुख अरुण महतो लगायतको उपस्थिति रहेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको सचिवालयका सदस्य पिन्टु उपाध्यायले जानकारी दिनुभयो ।