दिपेन्द्र जयसवाल

करैयामाई,कोल्हवी नगरपालिका वडा नम्बर ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेल्वा, धोधरपामा धर्मेन्द्र चौधरीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष सलाउदिन अन्सारीको अध्यक्षतामा भएको विद्यालयको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

नवगठित समितिको सदस्यहरूमा जावेद अंसारी, किरणकुमारी राम, नरेश मिश्रा, शिक्षक प्रतिनिधि पारसनाथ चौधरी, विजु चौधरी, हिरानन्द चौधरी, मनोज साह र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामाकान्त चौधरी रहनुभएको छ । समितिमा नगरपालिकाका नगर प्रमुखले शिक्षा सम्बन्धि जानकार व्यक्तिहरु मध्येबाट एक जना मनोनित गरेपछि व्यवस्थापन समितिले पूर्णता पाउने छ । कोल्हबी नगरपालिकाको शिक्षा नियममावली अनुसार नगर प्रमुखले मनोनित गर्ने व्यवस्था भएकोले समितिको पूर्णताको लागि नगर प्रमुखले प्रमाणित गरी प्रतिनिधि पठाउनुपर्ने हुन्छ ।

भेलामा वडा नम्बर ७ का पूर्ववडा अध्यक्ष एवम् नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष बिरेन्द्र चौधरी, नेपाली कांग्रेसका बृजु चौधरी, सुरेन्द्र चौधरी, नेकपा एमालेका सरोज साह, मुखतार अन्सारी, माओवादी केन्द्रका नन्दकिशोर साह, नेकपा एकीकृत समाजवादीका जावेद अन्सारी, समाजसेवी शिवनारायण चौधरी, रन्जु चौधरी, सुनिता सहनीलगायत कोल्हबी नगरपालिका शिक्षा शाखा प्रमुख मिश्रीलाल साहको उपस्थिति रहेको थियो ।

Leave a Reply