नेपाली काँग्रेस मधेश प्रदेशले केही भारतीय टिभी च्यानलका बिषयमा आपत्ति जनाएको छ । उसले बारा र पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत नै अफवाह फैलाउने भारतीय टिभीहरुको प्रतिबन्धको माग गरेको छ ।नेपाल झट्ट हेर्दा सार्वभौम छ । तर व्यवहारमा चैं छैन कि भन्ने लगभग नेपालीहरुलाई लाग्न थालेको छ । प्रजातन्त्र आयो भारतकै सहयोगमा भनिन्छ अनि गणतन्त्र समेत उसैको साथमा पनि भनिन्छ । जे सुकै भएपनि भारत नेपालको छिमेकी देश मात्र होइन नेपाल र भारतको कयौं कुरा समानता छ ।
यो स्पष्ट देखिने कुरा नै हो । पछिल्लो समय भारत नै नेपालमा राजतन्त्रको वकालत गरेको होकि भन्ने पनि देखिएको छ । भारतका सबै दल वा जनताको कुरा भएन तर एउटा समूह वा पार्टी वा व्यक्ति यसमा लागेको होकि भन्ने पनि धेरैलाई लागेको छ । भारतका केही मिडयाहरुले यो कुराको वकालत गर्छन् भने यसलाई आधार मान्न सकिन्छ अनि नेपालमा राजावादी भनिएकाहरुको हिम्मत पनि यसै बलियो भएको चैं होइन ।
तर, यसो भन्दैमा नेपालमा अब राजतन्त्रको संभावना छैन । भारतले चाहदैमा पनि आउने संभावना छैन । ल आइहाले पनि टिक्ने संभावना छदैछैन । नेपालका जे सुकै भएपनि आजको दिनमा बहुसंख्यक नेपालीहरु गणतन्त्रको पक्षमा छन् ।अहिलेका दलको पाराबाट उनीहरु खुसी छैनन् तर यसको मतलब राजाको चाहना होइन । त्यसैले नेपालको सत्य कुरा नबुझी अफवाह मच्चाउनु ठीक होइन

















