मनोज शाह

जीतपुर,चालू आर्थिक वर्ष ०७९÷०८० मा डिभिजन वन कार्यालय बारा सिमरामा काठ चोरी निकासीसम्बन्धि १२ वटा मुद्दाहरु दर्ता भएका छन् ।

डिभिजन वन कार्यालय बारामा चालू आर्थिक वर्षको मंसिर २० गतेसम्म परेका १२ वटै मुद्दाहरु काठ चोरी निकासीसम्बन्धि भएको डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिंहले जानकारी गराउनुभयो ।

यो अवधिमा विगतमा जस्तो ढुङ्गा, गिटी ओसार पसार तथा वन्यजन्तुको चोरी शिकारी सम्बन्धि एउटा पनि मुद्दा तथा अपराधहरु दर्ता नभएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply