कोल्हबी,करैयामाई गोल्डकपको दोस्रो संस्करण जेठ अन्तिम साता हुने भएको छ । आयोजक नवजन प्रगति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २४ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।
बाराको करैयामाई गाउँपालिकास्थित उमजन खेल मैदानमा हुने प्रतियोगितामा साविक विजेता वीरगञ्ज सिटीसहित सन राईजिङ उमजन, नव जनजागृति युवा क्लब, बारा ११, रौतहट ११, योङ स्टार युनाईटेड निजगढ, एपीएफ बर्दिबास र आयोजक टिमको सहभागिता रहनेछ ।

करैयामाई गाउँपालिकाको मुख्य सहयोगमा हुन लागेको प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष रुपनारायण यादवले जानकारी दिनुभयो ।प्रतियोगितामा आठ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । क्लबका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण सचिव गोपालप्रसाद चौधरीले गर्नुभएको थियो ।

Leave a Reply