निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिशरमा लाग्दै आएको रात्रि मेला शुक्रबार बिहानबाट समाप्त हुने भएको छ । बालाचतुर्थी पर्वको अवसरमा ३ दिनसम्म लागेको मेला भक्तजनहरुले बिहीबार राति मृतकका आफन्तको सम्झनामा बत्ति बालेर सदविज छरेपछि बिहानबाट मेला पनि समापन गरिने मेला व्यवस्थापन समितिका संयोजक दिपक सापकोटाले बताउनुभयो ।

मेलामा विभिन्न मनोरञ्जनात्मक स्टलहरुको साथै कलाकारहरु संजिता सिंह, कमल खत्री, बद्री राउत र पनाम व्याण्डका कलाकार टोलीको समेत प्रस्तुति रहदै आएको छ । बिहीबिर राति पनि ख्याति प्राप्त गायिका ज्योति मगरको प्रस्तुति रहने संयोजक सापकोटाले बताउनुभयो ।

यो वर्षबाट पहिलो पटक सुरु भएको मेलामा स्थानीय र विभिन्न जिल्लाबाट आएका हजारौं सर्वसाधारणले आवलोकन गरेको बताइएको छ । मन्दिर परिशरमा आगामी वर्षहरुमा पनि नियमित रुपमा मेला आयोजना गरिने समितिले जनाएको छ ।

Leave a Reply