नरेश गुप्ता

बरियारपुर, २७ साउन– इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तमाङ्गलाई कारवाहीको मांग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले सिम्रौनगढमा मंगलबार प्रदर्शन गरेका छन ।

सिम्रौनगढ नगर कमिटीको आयोजनामा सिम्रौनगढ बजारमा प्रहरी बिरुद्ध नारा जुलुससहित प्रदर्शन भएको हो । नेकपा कार्यकतारुले इलाका प्रहरी कार्यालयको मुलगेटमा घेराउसमेत गरेका थिए । प्रहरी निरीक्षक तामाङ्गले अवैध कारोबार गर्नेलाई संरक्षण गरेको र सिम्रौनगढमा तस्करी फस्टाएको उनीहरुले आरोप लगाएका छन ।

नेकपाका कार्यकर्ताहरुले किसानले आफनो खेति गर्नको लागि ल्याएको मल खाद पक्राउ गर्ने, बजारका पसलमा चोरी हुदा समेत चोर पक्राउ गर्न आलटाल गर्ने र तस्करहरुको इसारामा काम गर्ने जस्ता आरोप लगाएका छन । स्थानीय कंकाली मन्दिरको प्राङ्गणबाट निस्केकोे जुलुसमा प्रहरी निरीक्षक तमाङ्ग भ्रष्ट्र भएकोले तुरुन्त सरुवा गरिनु पर्ने भन्दै नारा÷जुलुसहिति सिम्रौनगढ बजार परिक्रमा गरेर इप्रका घेराउ र कोण सभासमेत गरेका थिए ।

इलाका प्रहरी कार्यालयको मुल गेटमा नेकपा बाराका जिल्ला सदस्य श्याम किशोर यादवको अध्यक्षतामा भएको कोण सभामा भोजेन्द्र यादव, शेख मोतिम, बतहु यादव, राजेश कुशवाहा, तारा चन्द्र साह, गगनदेव कुसवाहा, महेन्द्र जैसवाल, देवसरण साहलगायतका जिल्ला सदस्यहरुले बोल्नु भएको थियो ।

उनीहरुले प्रहरी निरीक्षक .तामाङ्गको तस्करहरुसंग साँठगाठ गरेर अपराधिक क्रियाकलालाई प्रश्रय दिएको भन्दै विरोध गर्नु भएको थियो । नेकपाका नेताहरुले तामाङ्गमाथि तत्काल कारवाहीको मागसमेत गरेका छन् । सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा बारा जिल्ला सह–इन्र्चाज डा. गोपाल ठाकुरले तामाङ्ग जस्ता भ्रष्ट प्रहरी निरीक्षकका कारण प्रहरी संगठनमात्रै नभइ सिम्रौनगसमेत बदनाम भइरहेको बताउनुभयो ।

उहाँले भ्रष्टचारले सिमा नाघेकाले आफुहरु गम्भीर भएको भन्दै भ्रष्टचारीलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने पनि बताउनु भयो । निरीक्षक तामाङ्गलाई तत्काल कारवाही नभए अर्को चरणको आन्दोलन गर्न पनि बाध्य हुने नेकपाका नेता ठाकुरले बताउनुभयो । सभामा नेकपाका ५ सय भन्दा बढी कार्यकतार्ताकाे सहभािगता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here