प्रकृति सबैको साझा सम्पत्ति हो । सबैको भन्नाले यसमा मानिस सहितका जनावर तथा पशुपंक्षीहरुको समेत उत्तिकै अधिकार छ । तर मानिसले भने प्रकृतिक स्रोतलाई आफ्नो बपौती ठानिरहेको छ । उसले प्रकृतिमाथि एकोहोरो दोहन मात्रै गरिरहेको छैन, आफ्नो स्वार्थ अनुसार प्रकृतिलाई प्रयोग समेत गर्दै आइरहेको छ ।वन जंगल सहितका नदीनाला सबै नेपालका लागि प्रकृतिले दिएको उपहार हो । तर नेपालमा भने यसको संरक्षणमा भन्दा दोहानमा बढी ध्यान गएको देखिन्छ ।यस्ता प्रकृतिको खानीको रुपमा सुन्दर रहेको जिल्ला मध्य बारा पनि एक हो । बारामा नदी नाला सहित वन जंगल पनि छन् र जसले जिल्लाको शोभा बढाएकै छ । जिल्लाको सौदर्यता बढाउन भूमिका निर्वाह गरिरहेका यस्ता प्राकृतिक सम्पत्तिहरुको संरक्षण गर्ने दायित्व हरेक बारा जिल्लावासीहरुको हो । बाराको बकैया नदीमा समेत छिमेकी देश चीनको एक्साभेटर गुडेको पाइएको छ ।प्रहरीले यसमा निगरानी त बढाएको छ तर प्रहरी सहित जिल्लावासी नागरिक समाज पनि सचेत बन्न जरुरी छ । त्यसो त बाटो पनि बनाउनु पर्दछ । फाष्टट्याक पनि बारा सहितका मधेसका नागरिकहरुका लागि नै लक्षित गरी बन्दैछ तर बाटो बन्दैछ भन्दैमा जथाभावी दोहनका लागि रमिते बन्ने कुरा पनि आउदैन । यसका लागि बरु एउटा छुट्टै नीति बनाउनु पर्दछ तर प्रकृतिको दोहोन गर्ने अधिकार कसैलाई छैन ।

















