केही दिन अगाडि काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन आवश्यक रहेको बताएका थिए । उनले एमाले र त्यो पार्टीका अध्यक्ष कमजोर नभएको बताएका थिए । तर, काँग्रेसका सभापति पदमै लडेका शेखर कोइराला भने एक्लै चुनावमा जानु पर्ने पक्षमा देखिएका छन् । सोमबार यसै बिषयमा सानेपामा चर्को बहस पनि भएको छ ।

माओवादी र एकीकृत समाजवादी पार्टीसंग तालमेल नगरे आफूहरु सकिने बताएका छन् । अब देउवाको जोडका कारण पनि स्थानीय तह सहितका निर्वाचनमा काँग्रेससंग चुनावी गठबन्धन हुने देखिन्छ । अब आमजनता र काँग्रेसका कार्यकर्ताहरु र अन्य पार्टीका कार्यकर्ताहरुले के गर्छन् त्यसका लागि भने चुनावको समय नै कुर्नु पर्दछ ।

मुलतः केही स्थानका सवालमा भने निकै बहस हुने देखिन्छ । भरतपुर लगायतका केही ठूला शहरमा गठबन्धन के होला र गठबन्धनका साझा उम्मेदवारलाई मत अपेक्षा अनुसार पर्छ कि पर्दैन भन्ने कुरा महत्वपूर्ण हो । हिजोका फरक माहौल र पाँच वर्षमा भएका राजनीतिक घटनक्रमले जनताको मन कसरी बदिलिएको छ भन्ने कुरा चैं चुनावले देखाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here