राजन कुमार बानिया
पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शनिवार सम्पन्न भएको छ ।दुई दिनसम्म चलेको प्रतियोगितामा श्री नेरामावि मसिहानी प्रथम भएको छ । प्रथम हुने सो विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले ट्रफि तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यसैगरी आधारभूत विद्यालयतर्फ नेराप्रवि संठी पहिलो भएको छ भने नेराप्रावि मसिहानी दोस्रो र नेराप्रावि पिडारीगुठी तेस्रो भएको छ । निमावितर्फ प्रथम जगरनाथपुर, दोस्रो मसिहानी र तेस्रो संठी रहेको छ ।पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हाईजम्प, दौड, लङ्गजम्पलगायतका खेल समावेश गरिएको थियो । प्रतियोगितामा सनातुन खातुनले सबैभन्दा बढी सात वटा पदक हासिल गर्नुभएको थियो । त्यसैगरी अनिता चौहानले छ वटा पदक जित्नुभएको थियो भने संठीकी लक्ष्मी पटेलले पाँच वटा पदक प्राप्त गर्नुभएको थियो ।
कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा सम्पन्न भएको थियो । विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, अतिथिहरुमा प्रमुख प्रसाशकीय अधिकृत सन्देश यादव, लेखापाल सन्देश कुशवाहा, लक्ष्मी साह, नेपाली कुशवाहा, प्रभु महतो, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, साह, ईन्जिनियर सादाम हुसेन मंजय गिरी, पालिका सदस्य, विद्यालयका प्रधानाध्यापक विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।समापन कार्यक्रममा छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रमामा शिक्षक, कर्मचारी पत्रकार र सुरक्षाकर्मीलगायतलाई सम्मान गरिएको थियो ।



















