वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामगी लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट ना.७ ख ६८७५ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिलविजकभन्दा पनि बढी खुद्रा तथा औषधी लगायतका सामाग्री बोकेर वीरगन्जबाट रौतहटतर्फ गइरहेको सूचनाका आधारमा चेकिङ्ग गर्दा बिलबिजक शंकास्पद देखिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।
पशुपति रोड कैरियर ट्रासपोर्टबाट पठाइएको ट्रकको बिलविजक शंकास्पद देखिएको हो । ५५ लाख ६१ ह्जार ७ सय ६७ रुपैयाँ बराबरको खुद्रा तथा औषधिजन्य सामग्री फेला पारी थप अनुसन्धनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।