निजगढ,निजगढ नगरपालिका वडा नम्बर– ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटा अविरल दुग्ध विकास बोर्ड मधेस प्रदेशको सदस्य नियुक्त हुनुभएको छ ।केन्द्रीय दुग्ध सहकारी संघको प्रतिनिधित्व गर्दै प्रदेश दुग्ध विकास बोर्डको सदस्यमा सापकोटा नियुक्त हुनुभएको हो । सापकोटा दग्ध सहकारी संघका केन्द्रीय सचिव हुनुहुन्छ । बैशाख पहिलो साता बसेको संघको सञ्चालक समिति बैठकले बोर्डमा प्रतिनिधिका रुपमा सापकोटालाई पठाउने निर्णय गरेको अध्यक्ष अम्बरबहादुर कुवरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।सापकोटाले नेतृत्व गरेको बागदेव सहकारी जिल्लाकै अग्रणी दुग्ध सहकारी संस्था हो ।



















