पुष्पराज खतिवडा
मनहर्वा,मानव अधिकार तथा शान्ति समाज बारा शाखाले जिल्लाको सिमरामा शनिवार प्रदर्शन गरेको छ ।
तत्कालिन विद्रोही माओवादी र नेपाल सरकारसंग भएको विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप मानव अधिकारको गम्भीर उल्लंघन र मानवता विरुद्धको अपराधको घटनामा संलग्नहरुलाई दण्ड सुनिश्चित गर्नुपर्ने माग राखेर शान्ति समाज बाराका पदाधिकारीहरुले सिमरास्थित ईलाका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

संक्रमणकालिन न्याय प्रकृयालाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने र संक्रमणकालिन न्याय सम्बन्धी शंसोधन विधेयकलाई पहिले मानव अधिकारमैत्री बनाउनुपर्ने समाजको माग छ ।प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाज बाराका सभापती लक्षमण साह, उपसभापती पदमप्रसाद रिजाल, सचिव निराजन थापा, पूर्वसभापती रघुनाथ लामिछाने, ईन्द्रप्रसाद खनाल लगायत पधादिकारीहरुको सहभागिता थियो । मानव अधिकार तथा शान्ति समाजको देशव्यापी कार्यक्रम अन्तर्गत बाराको सिमरामा पनि प्रदर्शनको आयोजना गरिएको बारा शाखा सभापती लक्षमण साहले जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागीहरुले पीडितलाई न्याय र पीडकलाई सजाय नै शान्ति प्रकृयाको तार्किक निष्कर्ष, द्वन्द कालमा भएका मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई कारबाही गर, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply