निजगढ,डिभिजन वन कार्यालय बाराका प्रमुुख राजिवकुुमार झाले कानुनको परिधिमा रहेर उपभोक्ताहरुले वन सम्पदाको उपयोग गर्नुपर्ने बताउनुभएको छ ।बाघ भैरव सामुुदायिक वन उपभोक्ता समुह निजगढ ४ बागदेवको शनिवार सम्पन्न ११औं वार्षिक साधारण सभामा बोल्दै डिएफओ झाले सो कुरा बताउनुभएको हो । ‘वन सम्पदाको उपभोग गर्न पाउने सबैको हक छ, उहाँले भन्नुभयो, तर यसको प्रयोग कानुनको अधिनमा रहेर मात्रै गर्नुपर्छ ।’ उहाँले कानुन विपरित कसैले कुनै कार्य गरे कडा कारबाही हुने पनि बताउनुभयो ।

उहाँले दीगो वन व्यवस्थापन र संरक्षणमा पनि उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । दीगो व्यवस्थापन र प्रयोगमार्फत मात्रै भावि पुस्तामा पनि वन सम्पदाको हस्तान्तरण गर्न सकिने उहाँको भनाई थियो । ‘वन सम्पदा आजको पुस्ताको लागि मात्रै चाहिने कुरा होइन, उहाँले भन्नुभयो, हाम्रा सन्ततिको लागि झन बढी आवश्यक र महत्वपूर्ण छ । त्यसैले यसको उचित प्रयोगसंगै संरक्षण कार्य पनि अघि बढाउन आवश्यक छ ।’डिभिजन वन कार्यालय प्रमुुख झाले बाघभैरव वन समूहको क्षेत्रभित्र रहेका पोखरीहरुको ठेक्का पनि नियमभित्र रहेर गर्न सुुझाव दिनुभयो । उहाँले वन समूहले वनजंगलको संरक्षण गर्दै वन समूहको कार्य योजनाको अधिनमा रही आवश्यकताको आधारमा काठ दाउरा जस्ता वन पैदावर उपभोक्ताहरुलाई बिक्री, वितरण गर्नु पर्ने पनि बताउनुभयो । उहाँले सुुख्खायाम नजिकिएकाले डढेलो नियन्त्रणको लागि अहिलेदेखि नै पूर्व तयारीका कार्यक्रम संचलन गर्न पनि समूहलाई निर्देशन दिनुभयो । ‘डढेलोले एकै क्षणमा ठूलो परिमाणको वन सम्पदा नष्ट पार्नसक्छ, उहाँले भन्नुभयो, समूहको वन क्षेत्रमा डढेलो लाग्नै नदिने तयारी गर्नुपर्छ ।’

कार्यक्रमका प्रमुुख अतिथि निजगढ नपा वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटाले वन क्षेत्रको संरक्षण, सम्बर्धन, विकास र सदुुपयोग गर्नसके मात्रै सामुदायिक वन समूहले सार्थकता पाउने बताउनुभयो । यसको लागि सबै उपभोक्ताहरु मिलेर वन क्षेत्रको संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो ।वडा अध्यक्ष सापकोटाले चुुरे पहाड र सिमसार क्षेत्रसमेत ओगटेको बाघभैरव वन समूह पर्यापर्यटनको दृष्टिले अत्यन्तै उर्वर क्षेत्रको रुपमा रहेकोले यसको विकासमा ध्यान पुु¥याउन पनि आग्रह गर्नुभयो । सो वन समुुहको क्षेत्रभित्र पर्ने मोहोरीस्थित गणेशमान सिंह पार्क, शहीद हिरालाल पार्क जस्ता स्थानको विकास र व्यवस्थापनमा वन समूहले लगानी बढाउन पनि उहाँले सुझाव दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले आम उपभोक्तामा वन आफ्नै हो भन्ने भावना पैदा गराउन सकेमात्रै समूहले वनको प्रभावकारी संरक्षण गर्न सक्ने बताउनुभयो । उहाँले उपभोक्ताहरुलाई वन सम्र्बधन र विकासमा प्रत्यक्ष सहभागी गराउदै समूहले विपन्न, गरिव समुदायका उपभोक्ताहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम संचालन गर्नुपर्ने पनि बताउनुभयो ।

साधारण सभामा वन समुहका अध्यक्ष अमरलाल सिंतानले वार्षिक प्रगति प्रतिवेदन, कार्यालय सचिव रामकुुमार सिग्देलले लेखा परीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको प्रस्तावित बजेट प्रस्तुुत गर्नुभएको थियो भने लेखा संयोजक सुुवास पोखरेलले लेखा प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो ।वन संरक्षणमा उल्लेखनीय कार्य गरेबापत उपभोक्ताहरु होमनाथ सापकोटा, केदारनाथ सापकोटा, ज्ञानबहादुुर सापकोटा, रामबहादुुर घिसिङ्ग, निश्चल अधिकारी, ज्ञानबहादुुर खड्कालाई सम्मान पत्र र नगद रकम सहित सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा वन समुहका पूर्व अध्यक्ष सुुर्दशन लामिछाने, कार्यपालिका सदस्य मीना चौरेल, निजगढ नपाका योजना शाखा प्रमुुख अजय उप्रेती, सागर गौतम, रमेश अर्याल, सुुमित्रा विक, रामकृष्ण सिग्देल, रामबहादुुर खड्का, जनजाग्रिति सुन्दर सामुदायिक वन उपभोक्ता समूह निजगढ ५ का अध्यक्ष जय ढुुंगाना, मकवानपुरको बकैया गाउँपालिकाका वडा २ का वडा अध्यक्ष विश्वराज स्याङ्गतानलगायतले शुुभकामना दिए । कार्यक्रममा तामागढी सब डिभिजन वन कार्यालयका अधिकृत राजकिशोर प्रसाद उपाध्याय, डिभिजन वन कार्यालयका रेन्जर निरज पोखरेललगायत उपभोक्ता र वन कर्मचारी सहभागी थिए ।रमेश तिमल्सिनाको सहजीकरणमा भएको सो कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य समूहकी सहसचिव निता सुुवेदीले गर्नुभएको थियो ।

Leave a Reply