जियालाल चौधरी,

कोल्हबी,बाराको करैयामाई गाउँपालिका वडा न. ५ स्थित धोरिया टोलमा रहेको चिरान मिलबाट करिब २ लाख मूल्य बराबरको अन्दाजी ८० क्युफिट सालको काठ बरामद भएको छ ।मंगलवार साँझ ६ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिहोर्वाका प्रहरी हवल्दार रोहित साहको कमान्डमा र सुरक्षा बेस क्याम्प कोल्हबीका प्रहरी नायब–निरीक्षक विश्वनाथ यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधार सालको तयारी झ्याल र काठका टुनाहरु बरामद गरेको हो । ककडी वनका प्रमुख मुकेशकुमार दास लगायतको गस्ती टोलीले उक्त काठ बरामद गरी सब वन डिभिजन कार्यालय मधुवन पोष्टमा बुझाइएको छ ।

Leave a Reply