नरेश गुप्ता

बरियारपुर –  बाराको सदरमुकाम  कलैया  दिन प्रतिदिन  खुकुलो  बन्दै गएको छ ।  नेपाल  सरकार लगाएको लक डाउनको सोमबार  ६९ औ दिन कलैया  बजारमा धेरै जसो पसलहरु खुलेको र उपभोक्ताहरु मालसामान  किनमेल  गरिरहेका  अवस्था  थियो ।  लक डाउनको समय सिमा बढाईएको भएपनी  त्यसको पालना कलैया  बजारमा गरिएको  छैन ।

 

 

 

 

कोरोना संक्रमितको संख्या बारामा एकासी बढेसंगै  जोखिमको खतरा बढेपनी स्थानीय ब्यापारी र उपभोक्ताले समाजिक दुरिको खिल्ली  उडाउदै कलैया बजार सोमबार  ब्यस्त देखिएको थियो । जिल्ला कै सदरमुकाम  कलैयामा बितिय संस्था र ब्यापारिक केन्द्रहरुमा दिनप्रतिदिन  चहलपहल  बढ्दै जानू स्थानीय प्रहरी  प्रशासनकै लापरबाही पुर्ण रुपमा देखिएको छ ।  कोरोना १९ को रोकथामको लागि नेपाल  सरकारले लगाएको लक डाउनको पालना  गराउन बाराको प्रहरी  प्रमुख  कृष्ण  पंगेनिले  प्रतिबद्धता  जाहेर गराउनु भयो ।

 

 

 

 

लक डाउनको पालना ,अति आवश्यक खाधान्न , औषधि पसल , कृषि मलखाद , फलफुल  तरकारी  लगायतको पसलहरु मात्र  समय भित्र खुल्न लगाउने बांकी पसलहरु बन्द गर्न सुरक्षाक्रमी परिचालन  गरिने प्रहरी  प्रमुख  पंगेनिले बताउनु भयो ।

 

 

 

 

बाराको सदरमुकाम  कलैया  लगायत स्थानीय तहको पनि प्रमुख  ब्यापारिक केन्द्रहरु खुल्न थाले पछि लक डाउन खुकुलो  भएको स्थानीयहरुको बुझाई रहेको छ भने अर्को तिर कोरोना संक्रमितको खतरा पनि उति नै बढेको  देखिन्छ । 

Leave a Reply