कोल्हबी,बारा क्षेत्र न.१ को प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली जितको नजिक पुग्नुभएको छ ।

कोल्हबीस्थित नगरपालिका कार्यालयमा जारी मतगणनामा निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशका उमाकान्त चौधरीलाई ८ हजारभन्दा बढी मतले पछि पार्दै मैनाली जित नजिक पुग्नुभएको हो । बिहीवार राति ११.३० बजेसम्म ६९६७० मत मतगणना हुदा मैनालीले ३४०३६ मत प्राप्त गनुृभएको छ भने कांग्रेशका चौधरीले २५९८९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले २७६१ मत प्राप्त गर्दा राप्रपाका भक्तबहादुर दर्लामीले १४३६ र हाम्रो नेपाली पार्टीका राकेश न्यौपानेले ६०६ मत प्राप्त गर्नुभएको छ । निजगढ लगायत नेकपा एमालेको राम्रो मत रहेको भनिएको क्षेत्रको मत गणना कार्य अझै बाँकी रहेकोले मैनालीको हालकोे अग्रता थप फराकिलो हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर १ मा शुक्रवार बिहानसम्मको प्रतिनिधि सभा सदस्य तर्फको मतगणना पुरा निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यतर्फ अब करिव १२ हजार मत मात्रै गणना बाँकी छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा पनि नेकपा एमालेकी उम्मेदवार ज्वाला साहले सुरुवाति अग्रतालाई कायम राख्नुभएको छ । राति ११.३० सम्मको गणनामा उहाँले १८७८३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी जसपाका रामबाबु यादवले १६१५१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार लालबाबु सिंह १०३४३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

उता, क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादीका शिवचन्द्र कुशवाहाले अग्रता लिनुभएको छ । कुशवाहले ९७९२ मत प्राप्त गर्दा जसपाका रामसहाय यादवले ८८८७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्रका रामकिशोर यादवले ७७३८ र रोशन यादवले ६८७९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी क्षेत्र नम्बर १ (१) को प्रदेश सभा सदस्यतर्फ २९४७२ मत गणना हुँदा नेकपा एमालेका त्रिलोकी चौधरी ११२६५ मतका साथ सबैभन्दा अघि रहनुभएको छ । नेपाली कांग्रेशका रमेश दङ्गाल १०४०९ पाएर दोस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाका लक्ष्मी कलवारले २४६७, स्वतन्त्र उम्मेदवार शिवनारायण १३९४, एकबहादुर श्रेष्ठ ९४८ र नागरिक उन्मुक्ति पार्टीकी राधा चौधरीले ७८४ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (२) मा जसपाका सरोज यादवले पनि सुरुवाति अग्रता कायम नै राख्नुभएको छ । यादवले १२६८७ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेशका नागेन्द्र साह कानुले ९०६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका बतहु राय यादवले २११२ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा बिहीवार रातिसम्म २९३१४ मतगणना पुरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here