अहिले मधेश प्रदेशका मुख्यमन्त्रीले मधेशमा अबैद्य रुपमा संचालित अस्पताल विरुद्ध अभियान संचालन गरिरहनुभएको छ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले संचालन गरेको यो अभियान आम नागरिकहरुका लागि पनि फाइदाको कुरा हो भने सरकारका लागि त यसैपनि फाइदा नै हुने भयो । सरकारको कर नै छली गरेर अस्पताल संचालन गर्ने गज्जबको परिपाटीका विरुद्धमा मुख्यमन्त्रीको एक्सन जायज छ तर अबैध रुपमा यसरी अस्पताल संचभालन गर्ने अधिकार कसरी उनीहरुले पाए भन्ने कुरा मुख्य हो ।
मधेशमा अस्पतालको नाउँमा ठगी धन्दासहित बिरामीहरुको स्वास्थ्यमा खेलवाड गरिरहेको कुरा पनि यसले पुष्टि गरेको छ । कुनैपनि नागरिक बिरामी नभइ अस्पताल जाने कुरा आउदैन । रोग लागेपछि वा बिरामी भएपछि मानिस उपचारका लागि अस्पताल जाने हो तर अस्पताल नै यस्तो अबैध भएपछि उपचार प्रर्णाली सही हुने कुरै भएन । अनि नागरिकहरुको स्वास्थ्यमाथि त यसैपनि खेलबाड भइ नै हाल्यो नि ।
जानीजानी यसरी नागरिकहरुको जीवनसंग खेलबाड गर्ने डाक्टर नै भएपनि सरकारले कारबाही गर्नु पर्दछ । विश्वास गरेर आम नागरिकहरु उपचारका लागि अस्पताल धाउने हो तर अस्पताल नै अबैब,डाक्टर पनि नक्कली वा औषधी पनि नक्कली परेको खण्डमा जवाफ कसले दिने ? मुख्यमन्त्रीको यो अभियानमा सबैले साथ दिन आवश्यक छ र कारबाही गर्न पनि मधेश सरकार डराउन हुदैन । कानुनको अभाव भए,कानुन बनाएर भएपनि यिनीहरुलाई कानुनको दायरामा ल्याउन भने आवश्यक छ ।















