कलैया,नेकपा माओवादी निकटको प्रेस सेन्टर बारा जिल्लाको इन्चार्जको जिम्मेवारी कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनालले पाउनुभएको छ ।महोत्तरी जिल्लाको बर्दीवासमा गत असार २३ गते सम्पन्न भएको मधेस प्रदेशको प्रेस सेन्टरको भेलाले खनाललाई बारा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्ष बिष्णु सापकोटाले जारी गरेको सर्कुरलमा उल्लेख छ ।करिब २० वर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका खनालले यसअघि नै तत्कालिन क्रान्तिकारी पत्रकार संघ पर्साको सचिव, उपाध्यक्ष हुदै प्रेस सेन्टरको मधेसको सहइन्चार्जको समेतको जिम्मेवारी बहन गरिसक्नु भएको छ ।हाल केन्द्रीय सदस्य रहनुभएका खनाललाई बाराको पत्रकारिताको भूगोल पनि राम्रोसंग थाहा भएकाले बाराको इचार्जको जिम्मेवारी दिइएको प्रेस सेन्टरको उपाध्यक्ष एवम् मधेस प्रदेशका इन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिनुभयो ।


















