अहिले सरकारमा रहेका हुन् वा प्रतिपक्षमा रहेका दल हुन् सबै चुनावी मैदानमा रहेका छन् । उनीहरुले चुनावलाई नै प्राथमिकता दिए पनि कतै आम नागरिकहरुको दैनिकी पनि चुनावसंगै बिग्रन्छ कि भन्ने पनि देखिएको छ ।

आम नागरिकहरुको दैनिकी अथवा न्यूनतम् आवश्यकताको सवालमा भने सरकारका संचालकहरु सचेत हुन जरुरी छ । केही स्थानमा केही महिना अगाडिदेखि फैलिएको डेंगु रोगका कारण अझै पनि आम नागरिकहरु बिरामी नै रहेको कुरा आएको छ ।

कोरोना संक्रमणको सबै त्रास हटिनसकेको पनि विभिन्न तथ्यांकहरुले बताएको छ । त्यसैले पनि सरकारहरुले आम नागरिकहरुको समस्याका बिषयमा भने ध्यान दिन जरुरी छ । सरकार भएको अनुभूति हुन आवश्यक छ । नागरिकहरु समस्यामा रहने अनि सरकार संचालकहरु चैं चुनावी मैदानमा दौडनु पनि ठीक नहोला ।

स्थानीय तहका सरकारहरु पनि अहिले चुनावमा नै छन् । स्थानीय तह राजनीतिक दलकै अखडा छ जसले जे भने पनि । त्यसैले पनि स्थानीय सरकारहरु पनि यस बिषयमा सचेत हुन जरुरी छ । सरकार संचालनका विषयमा गम्भीर हुन आवश्यक छ । नत्र नागरिकहरुको समस्या जहाँको त्यही रहने खतरा छ ।

Leave a Reply