सिमरा,बाराको सिमरामा होटल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी बढ्न थालेको छ ।
औद्योगिक करिडोरमा रहेको सिमरा क्षेत्रलाई लक्षित गरेर शुक्रवार करोडौंको लगानीमा ‘माइल्स २९ क्याफे एण्ड पब’ संचालनमा आएको छ । जीतपुरसिमरा २ का स्थानीय युवा प्रफुल्लजंग राणाको एकल लगानीमा पब संचालनमा आएको हो ।
सिमराका युवा व्यवसायी शम्भु खड्गीले हालै संचालनमा ल्याएको होटल श्रेष्ठ रेसिडेन्सी अगाडि यो पब खुलेको छ । ब्रिटिस थिममा सजावट गरिएको पबमा राणाले हालसम्म ८० लाख लगानी गरिसक्नुभएको छ । पबमा एक करोड २० लाखसम्म खर्च गर्ने राणाको योजना छ । ग्राहकलाई आकर्षित गर्ने गरी उहाँले सजावटमा रकम खर्चिनुभएको हो ।
बैदेशिक रोजगारीका क्रममा लामो समय दुबईमा बसेर आएका राणाले सिमरालाई केन्द्रीत गरेर ठुलो रकम लगानी गरेका हुन् । पबले सिमरालाई व्यवस्थित र सुविधा सम्पन्न शहरको रुपमा चिनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो ।
ठुलो लगानीसहित पब संचालनमा ल्याउनुभएका राणाले एक दर्जनभन्दा बढी युवालाई रोजगारी दिनुभएको छ ।