कलैया,बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनिया बजारमा बिहिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । विश्रामपुर गाँउपालिका वडा नम्बर २ कै भरवलीया गाँउका १७ वर्षिय वीरेन्द्र बैठा, बरैनीया बजारको सडक छेउमा मृत अवस्थामा फेला परेका हुन् । बुधबार राति ८ बजे तिर घरबाट निस्किएका वीरेन्द्र बिहान मृत अवस्थामा भेटिएका हुन् । मृतकको शरीरका विभिन्न भागमा चोटपटक र घाउ भेटिएकाले कसैले कुटपिट गरि हत्या गरेको हुन सक्ने घटनास्थलमा पुग्नु भएका बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here