नरेश गुप्ता
बरियारपुर,प्रहरी चौकी जीतपुरबाट खटेको प्रहरीको गस्ती टोलीले सोमबार राती यात्रुबाहक बसबाट १४ बोरा पाउडर दुध बरामद गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चौकमा खटिएको नियमित प्रहरी चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा गाईघाटबाट काठमाडौंको लागि छुटेको बा.प्र.०३–००१ प.१८०६ नम्बरको रात्रिबसको डिक्कीमा लुकाइ छिपाइ लगिरहेको अवस्थामा पाउडर दुध नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको पाउडर दुध २लाख ४० हजार ८ सय रुपैया बराबरको रहेको र त्यसको कुनै पनि बिल नभएको कारण आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।