गोकुल घोरसाइने

निजगढ, १० भदौँ– निजगढ हाटबजारको दक्षिणतर्फ जमुनापैनी छेउमा छ– ‘शान्तिटोल’ । निजगढ नगरपालिका वडा नम्बर ९ मा पर्ने यो वस्ति तरकारी खेतिको लागि प्रसिद्ध छ । तीन दर्जन भन्दा बढी किसानको बसोबास रहेको वस्तिका अधिकांशले तरकारी खेति गर्दैआएका छन । निजगढमा खपत हुने तरकारीको ठुलो हिस्सा यहीँको उत्पादनले धानेको छ ।

शान्तिटोलका किसान मध्येका एक हुनुहुन्छ – होमनाथ धिताल । ४४ वर्षिय धितालको घर वस्तिको पुच्छरमा पर्छ । तर तरकारी उत्पादक किसानकोबीचमा उहाँको नाम भने सबै भन्दामाथि छ । जैविक मल र विषादीको प्रयोग गरेर उत्पादन शुरु गरेपछि वस्तिका अन्य किसानको भिडमा उहाँको अलग पहिचान बन्न थालेको हो ।

धितालले पछिल्लो समय रसायनिक वस्तुको प्रयोग नगरी तरकारी उत्पादन शुरु गर्नुभएको छ । वस्तिका अन्य अधिकांशले भने अहिले पनि रसायनिक मल र विषाधिकै भरमा तरकारी उत्पादन गर्दैआएका छन ।

विगत १५ वर्षदेखि तरकरी खेति गर्दै आउनुभएका धितालले तीन वर्षअघिबाट आर्गानिक खेतिमा हात हाल्नुभएको हो । रसायनिक मल र विषाधिको अत्याधिक प्रयोग गरेर खेति गर्दा फोक्सोमा पानी जम्ने र हात खुट्टाको छाला फुटने समस्या देखिएपछि चिकित्सकको सल्लाहामा आर्गनिक खेति शुरु गर्नुभएको हो ।

‘डाक्टर साहेवले पनि रसायनिक वस्तु र विषाधिको प्रयोग नगर्नु भन्नुभएको थियो, उहाँले भन्नुभयो, आफ्नै स्वास्थ्य बिगारेर कमाएको पैसाको के काम भन्ने पनि लाग्यो ।’ उहाँले रसायनिक वस्तुको प्रयोगले उत्पादक किसान र सर्वसारधाण उपभोक्ता दुबैको स्वास्थ्य बर्वाद पार्नें पनि बताउनुभयो ।

तरकारी खेतिमा प्रयोग गर्न अहिले उहाँ आफ्नै गोठमा ‘सुख्खामल’, ‘झोलमल’ र किरा भगाउने ‘जीवामृत’ बनाउनु हुन्छ । जैविक मल र किटनासक औषधि बनाउन भने उहाँले सामाजिक संन्जालबाट सिक्नुभएको हो । युटुबबाट धेरै कुरा सिकियो, उहाँले भन्नुभयो, सख्खर, गोबर, गौमुत्र, चनाको पिठोमा माटो मिलाएर ठोस र झोल मल बनाउन सकिन्छ ।’ त्यसैगरी गोबर र गौमुत्रमा बेसार, लसुन, हिङ्ग, सुर्ति, मेवा, सयपत्रि, भाङ्ग, आँप, खुर्सानी जस्ता वनस्पतिका पातबाट ‘जीवामृत’ तयार पार्न सकिने उहाँले बताउनभुयो । ‘१ सय लिटर पानीमा वनस्पतिको एक केजी पात टुक्रयाएर ४० दिनसम्म भाँडोमा बिर्को लगाएर राखेपछि ‘जीवामृत’ तयार हुन्छ, धितालले भन्नुभयो, ‘यसको प्रयोगले बालीनासक किरा विरुवाको छेउछाउमै पर्दैन, आफै भागेर जान्छ ।’

उहाँले जैविक मलले बिरुवा चाढै सप्रिएर फल पनि धेरै दिने र ‘जीवामृत’ ले शत्रुकिरा भगाएर बाली जोगाउने सुनाउनुभयो । एक वर्षमा ३० क्विन्टल भन्दा बढी मल र औषधि उत्पादन गर्ने गरेको धितालले बताउनुभयो । तरकारी खेतिमा श्रीमति पार्वतीले पनि उहाँलाई सघाउँदै आउनुभएको छ ।

निजगढस्थित कुशल व्यवसाय परार्मश तालिम केन्द्रको सहयोगमा कृषि ज्ञान केन्द्रबाट एकपटक तालिमसमेत लिनुभएका धितालले आफनो निजी ७ र थप २ कठ्ठा जमिन भाडामा लिएर बर्षे र हिउदे तरकारी खेति गर्दै आउनुभएको छ । सबै खर्च कटाएर वर्षको झण्डै दुई लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

धिताल परिवारबाट सिकेर वस्तिका भाष्कर दुलाल र अर्का एक किसानले पनि यो वर्षबाट आर्गनिक तरकारी खेति शुरु गर्नुभएको छ । ‘जैविक मल र औषधिबाट पनि उस्तै उत्पादन हुदो रहेछ, दुलालले भन्नुभयो, हामीले प्रयोग गरेको रसायनिक मलबाट भन्दा धिताल दाइले बढी उत्पादन लिनुभएको छ ।’ किसानहरुले अब हानिकारक रसायनिक मल र विषाधिको प्रयोग छोडदै जानुपर्ने र यसको लागि निजगढ नगरपालिकाले थप सहयोग र प्रत्साहन दिनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here