सिमरा,कुमारी बैंक निजगढ शाखाले घातक रोग बीमावापत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाका एक परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेको छ । ‘कुमारी परिवार सुरक्षा बचत’ खाता संचालन गर्दा स्वतः प्राप्त हुने घातक रोग बीमाको उक्त रकम बैंकले हस्तान्तरण गरेको हो ।

बैंकका निजगढ शाखा प्रवन्धक अनिल नेपाल र अपरेशन इन्चार्ज बद्रीप्रसाद बोगटीले घरमै पुगेर बडहर्वाकी कमला रिमाललाई चेक हस्तान्तरण गरेका थिए । कमलाकाश्रीमान् क्यान्सरबाट पीडित छन् ।कमलाले दुई वर्षअघि ‘कुमारी परिवार सुरक्षा बचत’ खाता खोल्नुभएको थियो । कमलाले उक्त खाता खोल्दा उहाँको श्रीमानको समेत घातक रोग बीमा स्वतः भएको थियो । सोही सुविधावापत कमलाले एक लाखको चेक पाउनुभएको हो । बैंकले दुई वर्ष अघि दिएको उक्त सुविधा अहिले भने केही परिमार्जन गरेको छ । सो समयमा परिवार सुरक्षा बचत खाता संचालन गर्ने व्यक्तिका श्रीमानश्रीमती दुवैलाई बैंकले घातक रोग बीमा सुविधा दिदै आएको थियो । अहिले भने खाता संचालकले मात्रै उक्त सुविधा पाउछन् ।

बैंकका प्रवन्धक नेपालका अनुसार कुमारी परिवार सुरक्षा बचत खाता खोल्दा श्रीमान् श्रीमतीले १०÷१० लाख र १६ वर्ष भन्दा कम उमेरका दुई सन्तानले दुई÷दुई लाखको दुर्घटना बीमा, परिवारका चार जना सदस्यले एक लाखको स्वास्थ्य बीमा र खाता संचालकले घातक रोगवापत एक लाखको बीमा सुविधा स्वतः पाउनेछन् ।कुमारी बैंकमा १० हजार न्युनतम बचत राखेर उक्त खाता संचालन गर्न सकिन्छ । एकपटक खाता संचालन गरेपछि सेवाग्राहीको परिवारले २६ लाख बराबरको बीमा सुविधा प्राप्त गर्नेछन् ।
सौजन्य तस्बिर

Leave a Reply