निजगढ,नेकपा (माओवादी केन्द्र) का नेता रविराज दंगाल नेतृत्वको टोलीले निजगढमा भरपर्दो विद्युत आपूर्तिको माग गर्दै नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।

टोलीले सिमरा वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीलाई निजगढ नगरपालिकाका १३ वटै वडामा देखिएको विद्युत सम्बन्धि समस्याबारेमा ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्र बुझ्दै केन्द्र प्रमुख रुपाखेतीले निजगढ क्षेत्रको समस्या तत्काल समाधान गर्ने आश्वासन दिनुभएको छ ।
ज्ञापन पत्र बुझाउने टोलीमा माओवादी केन्द्रका नेता संजिव लोप्चन, रतनपुर विद्युत संघर्ष समितिका संयोजक धनबहादुर खुलाल, निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य फुलमाया लोप्चन, निजगढ नगरपालिका वडा नम्बर ३ स्थित हिमाल आधारभूत विद्यालयका प्रधानाध्यापक हरिशरण खड्का, सिंगौलका छिरिङ दोर्जे बल, पिपलटारका प्रतीक भ्लोन, निजगढका ईश्वर सापकोटा, उदयराज पाण्डे, सञ्चारकर्मी महेश्वर अधिकारी, उमेश घलानलगायत सहभागी रहेका थिए ।



















