आर.के.चौधरी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २ को पन्चगावा बजारमा बिहिवार नागरिक उन्मुक्ति पार्टी पर्सा जिल्ला कार्यसमितिले पन्चेबाजासहित ¥याली निकालेको छ ।जिल्ला अध्यक्ष निरन्जन चौधरी थारुको अध्यक्षतामा निस्किएको सो ¥याली बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै अध्यक्ष चौधरीले पार्टीका नेता रेशम चौधरीलाई सर्बोच्च अदालतले जन्म कैदको फैसला गरेकोले बिरोध गर्नुपरेको बताउनुभएको थियो ।बिरोध ¥यालीमा नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति पर्साको उपाध्यक्ष बलिराम चौधरी थारु, सहसचिव अमितप्रसाद गौरो थारु, सदस्य अनिल चौधरी थारु, अशोक चौधरी थारु, समीर चौधरी, बिनेश चौधरी, द्वारिका पन्जीयार थारु, आकाश चौधरी, कैलाश चौधरी, बिद्यार्थी नेता शिवशन्कर चौधरी, नरेन्द्र चौधरी र प्रमानन्द चौधरी थारु लगायतको उपस्थिति रहेको थियो ।विरोध ¥यालीमा लाल आयोग प्रतिबेदन देवी शर्मा प्रतिबेदन र संसदीय सुनवाइ समितिको प्रतिबेदन सार्वजनिक गर्नुपर्ने भन्दै नारा लगाइएको थियो ।

Leave a Reply