सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत सहसचिव शान्तिराज प्रसाईंको सोमवार कार्यालयमा स्वागत गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी सहितका जनप्रतिनिधिहरुले सहसचिव प्रसाईंलाई स्वागत गरेका थिए ।

गत पौष ३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रसाईसहित प्रशासन सेवाका १९ जना उपसचिवको बढुवा सिफारिस गरेको थियो । मन्त्रीपरिषद बैठकले फागुन २४ गतेको बैठकको निर्णय अनुसार प्रसाईलाई जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापना गरेको हो । उपसचिव प्रसाईले सोमवार नै कार्यालयमा पदवहाली गर्नुभएको थियो ।

यसअघि जिल्ला समन्वय समिति नुवाकोटको जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत प्रसाईले जिल्ला समन्वय समिति काभ्रेको जिल्ला समन्वय अधिकारीका रुपमा समेत काम गरिसक्नुभएको छ । त्यस्तै प्रसाईले खोटाङको दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा समेत काम गरिसक्नुभएको छ ।स्वागत कार्यक्रममा जीतपुरसिमरा १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सुनील गुप्तालगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply