कुनै समय प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुमा अहमको भावना पलाएको टिप्पणी गरेका थिए । उनको यो भनाइको अर्थ महत्वपूर्ण छ । मुलतः अहिले जनप्रतिनिधिहरुले सरकार चलाइ रहेका छन् र सरकार तीन तहमा छ । लगभग घरैपिच्छे सरकार छ भन्दा पनि फरक पर्दैन । स्थानीय तहमा सरकार छ,प्रदेशमा छ र संघीय सरकार त यसैपनि पहिलेददेखि नै रहदै आएको छ । यो हिसावले नागरिकहरुले शास्ती झेल्न पर्ने थिएन ।

 

 

तर,नागरिकहरुले कुनै न कुनै हिसावले शास्ती झेल्न परिरहेको छ । नागरिकहरु मारम परेका छन् । तीनै तहको सरकारबीच समन्वयात्मक रुपमा काम हुन नसक्दा बिकास निर्माण लगायतका कामले गति लिन सकेको छैन। जनताको सरोकारका सवालमा पनि समन्वय नहुदा नागरिकहरु समेत मारमा परेका छन् । नागरिकहरुको समस्या पहिचानका लागि तिनै तहको सरकारमा गम्भीरता देखिएको छैन ।

 

सरकार संचालनहरुको अहम स्थानीयदेखि केन्द्रसम्म छ । हुनत जननिर्वाचित ब्यक्तिहरु स्थायी सरकार होइनन् उनीहरुको निश्चित समय छ । त्यसपछि उनीहरु सरकारको हैसियतमा रहनै छैनन् तैपनि सरकार संचालनमा घमण्ड छ र स्थानीय,प्रदेश र संघीय सरकारबीच समन्वय छैन । अब यी तीनै तहका सरकारकाबीचमा समन्वय हुन अति आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here