धिरेन्द्र तिवारी

कलैया,बाराको कलैया उपमहानगरपालिका स्थित वडा नम्बर १९ मा नेकपा एमालेले चुनावी घरदैलो कार्यक्रम आयोजना गरेको छ ।

वडा नम्बर १९ को पैचानपुर ईनरबारी ईनार्वा लगायतका टोलमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पदका उमेदवार तथा निवर्तमान मधेश प्रदेश सभा सदस्य महम्द समीरले मतदाताहरु समक्ष नेकपा एमाले पार्टीको सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै एमाले उम्मेदवार समिरले विगतका दिनदेखि नै यस क्षेत्रको जनताहरुको दुखसुखमा सहयोग गर्दै आएको हुनाले क्षेत्र नम्बर ३ ख का जनताहरुले यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पार्टीको चुनाव चिन्ह सुर्य छापमा मतदान गरि विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य पदका उमेदवार समिरको लोकप्रियाताको कारण क्षेत्र नम्बर ३ को ख मा प्रदेश सभा सदस्यमा एमालेको विजय निश्चित रहेको बताइएको छ ।

घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला कमिटी सदस्य ज्वाहर आन्सारी, रुस्तम आन्सारी, युवा नेता बिकी साहलगायत वडा नम्बर १९ का मतदाताहरुको उल्लेखनीय सहभागीता थियो ।

Leave a Reply