निजगढ,बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली र जसपाबाट प्रदेश सभा ख का उम्मेदवार सरोज यादवले बिहीवार पनि सिम्रौनगढमा क्षेत्रमा चुनावी घरदैलो गरेका छन ।

नेकपा एमाले र जसपाका उम्मेदवारसहित पार्टीका नेता कार्यकर्ताले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया र कचोर्वामा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा उम्मेदवारहरुले मतदातासंग आफूहरुलाई मत दिएर बिजयी गराउन आग्रह गरेका थिए । एमाले उम्मेदवार मैनालीले देश र मधेसको विकासको लागि एमाले र जसपाको सरकार गठन हुन जरुरी रहेको बताउनुभयो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र जसपाको तालमेलपछि सिम्रौनगढ क्षेत्रका मतदातामा उत्साह बढेको छ । घरदैलो कार्यक्रममा नेकपा एमाले तथा जसपाका नेता, कार्यकर्तासहित सयौं सर्वसाधारण मतदाताको पनि सहभागिता रहेको थियो ।

Leave a Reply