निजगढ,निजगढमा मेला हेरेर फर्किदै गर्दा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो ।
शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२–०३–००१ ह ४३३ न.को अटोले ठक्कर दिएको थियो । सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई पचारका लागि वीरगन्ज पठाइएको थियो ।
घाइते सानुमायाको वीरगन्जको न्युरो अस्पतालमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
अटो चालक निजगढ–८ बस्ने २५ वर्षीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल दुर्घटनामा परेर वीरगन्जका एक युवकले ज्यान गुमाएका छन् ।
यसैबीच शनिबार राति वीरगन्जमा भएको मोटरसाइकल दुर्घटनामा एक १९ वर्षीय युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १९ मुर्ली निवासी १९ वर्षीय साहिल हवारी रहेका छन् । त्यस्तै घाइते हुने पनि सोही स्थानका वासिन्दा २० वर्षीय सरताज अन्सारी रहेका छन् ।
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका हवारीको उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । दुर्घटना पश्चात वीरगञ्जस्थित स्पर्श मल्टीस्पेश्यालिटी हस्पिटलमामा गम्भीर रुपले घाइते भएको अवस्थामा भर्ना भएका हवारी उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार मृतक हवारीको लास जाचँ प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी उनको शव पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगन्ज पठाई घटना बारे थप अनुसन्धान भइरहेको छ ।