सिमरा,नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले नेकपा एमाले श्रमिक र किसानहरुको हितमा काम गर्ने पार्टीे भएको बताउनुभएको छ ।

बाराको सिमरामा नेपाल ट्रेड युनियन महासंघको बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पौडेलले नेकपा एमालेको लक्ष्य समाजवाद उन्मुख साशन व्यवस्था स्थापना गरेर देशमा संवृद्धि ल्याउने भएको बताउनुभएको छ । नेकपा एमाले मधेस प्रदेश सहईन्चार्ज समेत रहनुभएका पौडेलले जनताको बारेमा सोच्ने, विकासको बारेमा योजना बनाउने र राष्ट्रियताको बारेमा अडान लिने पार्टी नेकपा एमाले मात्र हो भन्नुभयो ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका जनमुखी कामहरु सम्झेर एमालेलाई मतदान गर्न पनि उहाँले आग्रह गर्नुभयो । एमाले नेतृत्वको सरकारले वृद्धिभत्ता, आफ्नो गाउँ आफै बनाऔं र सुकुम्बासी समस्या समाधान जस्ता कार्यहरु गरेको उहाँले बताउनुभयो । सरकारको नेतृत्व बारम्बार गर्दा पनि देश र जनताको पक्षमा काम गर्न नसक्ने अन्य दलहरुलाई निर्वाचनमार्फत जनताले सजाय दिनुपर्ने नेता पौडेलले बताउनुभयो ।

कमलेश झाको सभा अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष मंजु थापा मगर, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार एकवाल मियाँ, प्रदेश सभाका उम्मेदवार देवनारायण चौधरी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य आनन्द थामी, मधेश प्रदेश कमिटी ईन्चार्ज दिनेश्वर ठाकुर, नेकपा एमालेका केन्द्रीय सदस्य सरस्वती चौधरी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य तरक प्रसाद चिमोरिया लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here