कृष्ण मोहन साह

सेढवा  –  नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा पर्साको ठोरी गाउँपालिका आइपुगेका विदेशी पर्यटकहरुको भव्य स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सुरु हुन करीब २२ दिन बाँकी हुँदा ठोरी आइपुगेका अमेरिकी पर्यटकहरुलाई गाउँपालिका उपाध्यक्ष ,वडाध्यक्ष लगायतले भव्य स्वागत गरेका हुन् ।सोमबारदेखि ठोरी भ्रमणमा रहेका २ जना अमेरिकी पर्यटकहरुलाई मङ्गलबार गाउँपालिका उपाध्यक्ष शान्तिमाया थिङ्ले नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गरेकी हुन् ।

 

 

 

सो अवसरमा वडा ५ का वडा सदस्यहरु देव बहादुर बस्नेत ,बिर बहादुर बम्जन लगायतले पनि पर्यटकहरुलाई सम्मान गरेका थिए । त्यसैगरी सोही टोलिलाई सोमबारपनि ठोरी -४,मिलचोकमा वडाध्यक्ष बै बहादुर पाख्रीन,युवा नेता निमा लामा लगायतले अबिर र खादा लगाएर भव्य स्वागत गरेका थिए ।

 

 

गाउँपालिकाको विभिन्न पर्यटकीय स्थलको भ्रमणमा रहेको विदेशी टोलिले ठोरीको पर्यटकीय स्थलहरुलाई औधी मन पराएको टोलिमा भाषिक सहजीकरण गरिरहेका युवा माइकल लामाले बताए । ठोरीका स्थानीयले गरेको सम्मानबाट खुसी भएका पर्यटकहरुले आगामी दिनमा पनि भ्रमण गर्ने योजना भएको सुनाएको पर्यटकहरुलाई उद्दृत गर्दै लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here